समस्या समाधानको खाका पाँच दिनभित्र बनाउन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन

हिमाल प्रेस २ साउन २०८१ २१:४२
78
SHARES
समस्या समाधानको खाका पाँच दिनभित्र बनाउन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयको कामका सवालमा देखिएका समस्याको समाधानका लागि आवश्यक खाका बनाउन आग्रह गरेका छन्।

मन्त्री नियुक्त भएपछि पहिलोपटक मन्त्रालयका सचिवसहित विभिन्न महाशाखाका प्रमुखहरूसँगको ब्रिफिङ्सहितको भेटघाटमा मन्त्री पौडेलले समस्या देखाउने भन्दा पनि सामाधानको काम गर्ने आफ्नो योजना भएकाले जुनसुकै समस्याको समाधानका लागि पाँच दिन भित्र स्पष्ट योजना सहितको खाका तयार गर्न भनेका हुन्।

ञसबै महाशाखाबाट समस्याका कुराहरू आए, समाधान आएन, स्पष्ट ढंगबाट कार्य क्षेत्रमा देखिएको समस्याको समाधान कसरी गर्ने त्यतातर्फ लागौं, त्यसका लागि पाँच दिन भित्र मलाइ लिखितरूपमा समाधानका विकल्प लिएर आउनुहोला, टिमवर्क गरेर समस्याको समाधान गरौँ,’ मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले भने।

उनले स्वास्थ्य मन्त्रालय स्वास्थ्य नीतिको स्पष्ट कार्यान्वयन गर्ने निकाय भएकाले प्रभावकारिता देखिन नसकिनुको कारण खोज्नै पर्ने बताए।
ञस्वास्थ्य नीतिको स्पष्ट कार्यान्वयन गने निकाय हामी नै हो, मन्त्रालयको मेकानिजमभित्र सबै कुरा परेको देखिन्छ,’ उनले भने, ‘बजेट अभाव, प्राथमिकताका कारणले समस्या परेको रहेछ । प्रभावकारिता देखिन नसकेको नीतिगत कमजोरी के हो भनेर पनि खोज्नु पर्छ।’

मन्त्री पौडेललाई स्वास्थ्यसचिव रोशन पोखरेलसहित विभिन्न महाशाखाका प्रमुखहरूले मन्त्रालयको विभागीय काम, जिम्मेवारी, अवस्था र कामकारबाहीका क्रममा देखिएका समस्याका बारेमा सुनाएका थिए।

प्रकाशित: २ साउन २०८१ २१:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 8 =