भारतीय राजदूतले भेटे उपप्रधानमन्त्री सिंहलाई

हिमाल प्रेस १ साउन २०८१ १२:५७ | Tuesday, July 16, 2024
भारतीय राजदूतले भेटे उपप्रधानमन्त्री सिंहलाई

काठमाडौँ- उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन्। मन्त्री सिंहको कार्यकक्षमा भएको उक्त भेटमा द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा कुराकानी भएको मन्त्री सिंहको सचिवालयले जनाएको छ।

राजदूत श्रीवास्तवले मन्त्री सिंहलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पारस्परिक सहयोग अभिवृद्धिका निम्ति भारत सरकार तयार रहेको बताए।

राससलाई मन्त्रालयका सचिव मणिराम गेलालले बताएअनुसार, मन्त्री सिंह र राजदूत श्रीवास्तवबीच सहरी विकास, नदी प्रदूषण नियन्त्रण र फोहरमैला व्यवस्थापनमा भारतले गर्न सक्ने सहयोगबारे पनि छलफल भएको थियो।

भारत सरकारको सहयोगमा नेपालमा निर्माणाधीन आयोजनाको समीक्षा पनि भएको थियो। दुई देशका सीमा क्षेत्रमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकीका बारेमा जानकारी आदानप्रदान पनि भएको थियो।

प्रकाशित: १ साउन २०८१ १२:५७ | Tuesday, July 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast