अर्थमन्त्रीको पहिलो निर्णय : वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत

हिमाल प्रेस ३१ असार २०८१ १५:५९ | Monday, July 15, 2024
अर्थमन्त्रीको पहिलो निर्णय : वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत अर्थमन्त्री विष्णु पौडेल। तस्बिर : रासस

काठमाडौँ- नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गदै कार्यभार सम्हालेका छन्।

पौडेलले सोमबार कार्यभार सम्हाल्दै अर्थतन्त्रलाई सहज नीतिगत व्यवस्था गर्न आवश्यक भएको बताएका छन्।

उनले ब्लेन्डेड फाइनान्स, ग्रिन क्लाइमेट फन्ड लगायत वैकल्पिक वित्तीय स्रोत प्राप्ति र प्रयोगसम्बन्धी कार्यविधिले ती स्रोत लिन सहज हुनेछ। विगतमा जनताको आत्मविश्वास समेत टुटेको पाइए पनि अब भने निरासा चिर्ने र आशा जगाउने काम गर्ने समेत पौडेलले बताए।

अस्थिरताका सरकारका कारण अर्थतन्त्रमा समस्या देखिएको बताउँदै नयाँ गठबन्धन आएपछि अब स्थिरता हुने उनको भनाइ छ।

प्रकाशित: ३१ असार २०८१ १५:५९ | Monday, July 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast