स्पेनलाई चौथो पटक युरोको उपाधि

हिमाल प्रेस ३१ असार २०८१ ६:४४ | Monday, July 15, 2024
स्पेनलाई चौथो पटक युरोको उपाधि

काठमाडौँ- इंग्ल्यान्डलाई हराउँदै स्पेनले युरो २०२४ को उपाधि जितेको छ। इंग्ल्यान्डलाई २-१ ले पछि पार्दै स्पेन उपाधि हत्याएको हो। निर्धारित समयको खेल सकिन ४ मिनेट बाँकी छँदा मिकेल ओयार्जाबालले निर्णायक गोल गर्दै स्पेनलाई जित दिलाए। मार्क कुकुरेलाले उनलाई गोलको अवसर सिर्जना गरेका थिए।

यसअघि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको सुरुवातमा नै लामिन यामालको पासमा निको विलियम्सले स्पेनलाई अग्रता दिलाए। ७३ औँ मिनेटमा जुड बेलिङह्यामको पासमा कोल पाल्मरले गोल गर्दै १-१ को बराबरी बनाएर खेलमा फर्काएका थिए।

स्पेनले युरोकपको उपाधि जितेको यो चौथोपटक हो। स्पेनले सन् १९६४ मा आफ्नो पहिलो सहभागितामै युरोकपको उपाधि जितेको थियो। त्यतिबेला स्पेनले फाइनलमा तत्कालीन सोभियत संघलाई २–१ गोलले हराएको थियो। त्यसपछि स्पेनले सन् २००८ मा दोस्रो पटक युरोकपको उपाधि चुमेको थियो। त्यतिबेला स्पेनले फाइनलमा जर्मनीलाई १–० गोलले पराजित गरेको थियो।

त्यसलगत्तै स्पेनले सन् २०१२ मा पनि युरोकपको उपाधि जितेको थियो। त्यतिबेला स्पेनले फाइनलमा इटालीलाई ४–० गोलले हराएको थियो। स्पेन लगातार दुईपटक युरोकपको उपाधि जित्ने एकमात्र राष्ट्र पनि हो। यता इंग्ल्यान्ड भने फेरि एकपटक युरोकपको उपाधि जित्नबाट वञ्चित बनेको छ। इंग्ल्यान्ड युरोकपको साबिक उप–विजेता पनि थियो। इंग्ल्यान्डको टोली सन् २०२० मा सम्पन्न युरोकपको फाइनलमा इटालीसँग पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित भएको थियो।

प्रकाशित: ३१ असार २०८१ ६:४४ | Monday, July 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast