नारायणी नदीले पार गर्‍यो सतर्कता तह

हिमाल प्रेस २८ असार २०८१ ६:०२
16
SHARES
नारायणी नदीले पार गर्‍यो सतर्कता तह नारायणी नदी। फाइल तस्बिर।

काठमाडौँ- नारायणी नदीमा जलसतहले सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देवघाट जलमापन केन्द्रमा जलसतह ७‍.३ मिलिमिटरभन्दा माथि पुगेको छ।

चितवन र नवलपरासी जिल्लाको नदी तटीय क्षेत्रमा रहनेहरूले उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

बाढी बढ्ने क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा बस्नेलाई दिउँसो १२ बजेसम्म सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

प्रकाशित: २८ असार २०८१ ६:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =