बढ्यो नेप्से परिसूचक

हिमाल प्रेस २६ असार २०८१ १६:१७ | Wednesday, July 10, 2024
बढ्यो नेप्से परिसूचक

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३ दशमलव २५ अंकले बढेको छ। बुधबार नेप्से परिसूचक एक दशमलव ०८ प्रतिशतले बढेर दुई हजार एक सय ७५ दशमलव ४० को बिन्दुमा कायम भएको हो।

बुधबार तीन सय २२ कम्पनीको एक करोड ५२ लाख ९६ हजार सात सय ३९ कित्ता सेयर ७२ हजार सात सय १४ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ७४ करोड ४० लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। विकास बैंक समूह शून्य दशमलव २९ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै बैंकिङ समूह एक दशमलव ६९ प्रतिशतले बढेको छ।

बुधबारको कारोबारमा १० दशमलव २५ प्रतिशत एसबिएल डिबेञ्चर–२०८३ को सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने बुद्धभूमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। कारोबार रकमका आधारमा सबैभन्दा धेरै हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको १५ करोड आठ लाख ९९ हजार आठ सय ५९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

कारोबार भएका सेयर संख्याका आधारमा भने लक्ष्मी उन्नती कोषको १० लाख सात हजार तीन सय ५० कित्ता सेयर किनबेच भएको छ।

प्रकाशित: २६ असार २०८१ १६:१७ | Wednesday, July 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast