काठमाडौँ- ताप्लेजुङको तापेथोक वरपर केन्द्रबिन्दु बनाएर गएराति भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार राति १ः४६ बजे ४.४ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको थियो। भूकम्पबाट कुनै क्षतिको विवरण आएको छैन।
प्रकाशित: २६ असार २०८१ ६:३७
प्रतिक्रिया