काठमाडौँ– नेपाल एसबीआई बैंकले ३१औँ वार्षिकोत्सव मनाएको छ। यस अवसरमा बैंकले शपथ ग्रहण समारोहको आयोजना गरेको थियो जहाँ बैंकका सबै कर्मचारीले बैंकप्रतिको जिम्मेवारीका लागि आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले बैंकको उपलब्धिको बारेमा प्रकाश पारेका थिए। उनले बैंकको दिगो प्रगति कायम राख्न व्यक्तिगत जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिए।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पंडाले बैंकको उपलब्धिमा योगदान पु¥याएकोमा सबै कर्मचारीलाई धन्यवाद दिए।
प्रमुख सञ्चालन अधिकृत यादवेंद्र कांतले सबै सरोकारवाला तथा सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रममा सबै शाखा तथा कार्यालयहरुबाट आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई मिठाई वितरण गरिएको थियो।
नेपाल एसबीआई बैंकले १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १७ शाखा हित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२१ एटप्एम तथा १ कर्पोरेट अफिसबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ।




