कञ्चनपुरमा अति भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

हिमाल प्रेस २४ असार २०८१ ८:१६
12
SHARES
कञ्चनपुरमा अति भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ- कञ्चनपुरमा अति भारी वर्षा भएको छ। हनुमान नगर, दोधारा, सुन्दरपूर वर्षामापन केन्द्रमा अति भारी वर्षा भएको छ। यी क्षेत्रमा ४५० मिलिमिटरदेखि ५०८ मिलिमिटर वर्षा मापन भएको छ। थप वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

अति भारी वर्षाका कारण उक्त क्षेत्र भएर बग्ने अधिकांश नदीहरूमा हाल जलसतह खतरा तहभन्दा माथि रहेको छ। त्यसैले उच्च सतर्कताका साथ सुरक्षित स्थानमा बस्न विभागको आग्रह छ।

यसैबीच, माहाकाली नदीमा बाढीको उच्च जोखिम रहेको छ । राति १२ बजे महाकाली नदी डडेलधुरास्थित पारीगाउँ बाढीमापन केन्द्रमा जलसतह ९७.७ मिटर खतरा तहभन्दा माथि पुगेको थियो। ‘जल सतह थप बढ्ने क्रममा रहेको छ । कञ्चनपुर र डडेलधुराको नदी तटीय क्षेत्रमा रहनेहरू बिहान ७ बजेसम्म अति उच्च सतर्कताका साथ सुरक्षित स्थानमा बस्नरजानुहुन अनुरोध छ,’ विभागले भनेको छ ।

प्रकाशित: २४ असार २०८१ ८:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 − one =