काठमाडौँ- अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान प्रभावित भएका छन्।
विमानस्थलका अनुसार भिजिबिलिटी कम भएका कारण आन्तरिकतर्फको उडान र अवतरण प्रभावित भएको हो।
आन्तरिक तर्फको उडान बिहान ७ बजेदेखि नै डिले भइरहेका छन्।अन्तर्राष्ट्रयतर्फका उडान र अवतरण भने भइरहेका छन्। काठमाडौँ उपत्यका लगायत देशभर वर्षा भइरहेको छ।
प्रकाशित: २२ असार २०८१ १४:०३
प्रतिक्रिया