फेलिक्स पेनाल्टीमा चुक्दा बाहिरियो पोर्चुगल, फ्रान्स सेमिफाइनलमा

हिमाल प्रेस २२ असार २०८१ ७:२३
42
SHARES
फेलिक्स पेनाल्टीमा चुक्दा बाहिरियो पोर्चुगल, फ्रान्स सेमिफाइनलमा

काठमाडौँ- पोर्चुगललाई पाखा लगाउँदै फ्रान्स युरो २०२४ को सेमिफाइनल पुगेको छ। निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो।

पोर्चुगलका जोआओ फेलिक्सको प्रहार पोस्टमा लागेर फर्किएपछि फ्रान्स टाइब्रेकरमा ५-३ गोलले विजयी भएको हो।

फ्रान्सका औसमाने डेम्बेले, युसुफ फोफाना, जुल्स कौंडे, ब्राडली बारकोला र थियो हर्नान्डेजले गोल गरे। पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, बर्नाडो सिल्भा र नुनो मेन्डेसले गोल गर्दा जोआओ फेलिक्सको प्रहार पोस्टमा लागेर फर्किएको थियो। गएराति जर्मनीलाई उसकै घरमा पराजित गर्दै स्पेनले सेमिफाइनलमा स्थान बनाएको बनाइसकेको छ।अब स्पेन र फ्रान्सबीच सेमिफाइनल खेल हुनेछ।

प्रकाशित: २२ असार २०८१ ७:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 1 =