यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड लण्डनमा हुँदै

हिमाल प्रेस १६ असार २०८१ १७:४७ | Sunday, June 30, 2024
यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड लण्डनमा हुँदै

काठमाडौँ-  बेलायतको राजधानी लण्डनमा ‘यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड’ आयोजना हुने भएको छ। काठमाडौँमा कार्यक्रम गर्दै आगामी भदौ १५ गते अर्थात् ३१ अगष्टमा अवार्ड आयोजना हुन लागेको आयोजकले जनाएको छ।

अवार्ड कार्यक्रम यति नेपाली एसोसिएसन, यूकेको आयोजना तथा संगिक्षा फिल्मस् इन्टरटेन्मेन्टको व्यवस्थापनमा हुन लागेको हो।

सन् २०२३, अप्रिल १४ देखि २०२४ को जुन २१ सम्म प्रदर्शनमा आएका फिल्महरुमध्ये उत्कृष्ट तीन छनोट गरिने आयोजकले जनाएको छ। अवार्डको जुरी संयोजकमा अभिनेता सुनिल थापा तथा सदस्यहरुमा अभिनेत्री गौरी मल्ल तथा निर्देशक उज्ज्वल घिमिरे छन्।

नेपाली सिनेमाको श्रीवृद्धि तथा अन्तर्राष्ट्रिय बजार विस्तारको उद्देश्यले लण्डनमा अवार्ड गर्न लागेको आयाेजकको भनाई छ अवार्डका लागि बेलायत कमिटी अध्यक्षमा पिप्ला देवन थापा, उमेश मोक्तान (पूर्वअध्यक्ष), टंक भट्टराई (महासचिव), आशिष राज पन्त (सचिव) र पाल्देन लामा छन्।

नेपाल कमिटीमा भने संगिक्षा फिल्मस्बाट अध्यक्ष सुनिल श्रेष्ठ, महासचिव मनोज केसी, सचिव मोहन श्रेष्ठ, कोषाध्यक्ष प्रकाश कुँवर र मनिष कार्की संयोजकमा छन्।

१६ विद्यामा वितरण गरिने अवार्ड समारोहलाई पूर्वमिस नेपाल तथा अभिनेत्री मलिना जोशीले सञ्चालन गर्नेछिन्। नेपालबाट नाम चलेका फिल्मकर्मीहरु सहभागी रहने आयोजकले जनाएको छ।

प्रकाशित: १६ असार २०८१ १७:४७ | Sunday, June 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast