निलम्बित मुख्यसचिव अर्यालबारे प्रधानमन्त्रीले संसद्‌मा जवाफ दिनुपर्छ : सांसद लामा

हिमाल प्रेस १३ असार २०८१ १४:३७ | Thursday, June 27, 2024
निलम्बित मुख्यसचिव अर्यालबारे प्रधानमन्त्रीले संसद्‌मा जवाफ दिनुपर्छ : सांसद लामा

काठमाडौँ- प्रतिनिधिसभाको बैठकमा भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बनमा परेका मुख्य सचिव बैकुण्ठ अर्यालका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनुपर्ने माग उठेको छ।

बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै राप्रपाकी सांसद बिना लामाले अवकाशमा जानुभन्दा तीन दिनअघि किन अर्याललाई अस्वाभाविक रूपमा किन मुख्य सचिव बनाइएको हो भन्नेबारे प्रधानमन्त्रीले संसदलाई जवाफ दिनुपर्ने बताइन्। ‘२०८० असार २ गतेबाट अवकाशमा जान लागेका अर्याललाई किन मुख्य सचिव बनाइएको हो ? तीन दिनमा राज्यलाई के नोक्सान हुनेवाला थियो र के फाइदा भयो ?,’ उनले प्रश्न गरिन्।

अर्यालको नियुक्ति अस्वाभाविक र अनैतिक भएको उनले बताइन्। ‘राज्यलाई थप आर्थिक दायित्व बोकाउन नेतृत्व गर्ने प्रधानमन्त्रीज्यूलाई यो नैतिक प्रश्न हो कि होइन ? प्रधानमन्त्रीले संसदलाई जवाफ दिनुपर्छ,’ उनले भनिन्।

प्रकाशित: १३ असार २०८१ १४:३७ | Thursday, June 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast