महोत्तरी बन्यो पूर्ण खोपयुक्त जिल्ला

हिमाल प्रेस १२ असार २०८१ २१:४४ | Wednesday, June 26, 2024
महोत्तरी बन्यो पूर्ण खोपयुक्त जिल्ला प्रतिनिधिमूलक तस्बिर

महोत्तरी- महोत्तरी जिल्लालाई आज (बुधबार) पूर्ण खोपयुक्त घोषणा गरिएको छ।

जिल्ला खोप समन्वय समिति तथा स्वास्थ्य कार्यालय महोत्तरीले सदरमुकाम जलेश्वरमा आयोजना गरेको पूर्ण खोपयुक्त जिल्ला घोषणासभालाई सम्बोधन गर्दै मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले पूर्ण खोपयुक्त जिल्ला घोषणा गरेका थिए।

उनले ‘खोजी खोजी खोप लगाऔँ, देशको भविष्यलाई सुनिश्चित बनाऔँ’ भन्ने नारा लगाउँदै जिल्लाका सम्पूर्ण स्वास्थ्यकर्मीलाई पूर्ण खोपयुक्त जिल्ला बनाउनमा पुर्‍याएको योगदानको प्रशंसा गरे।

उनले आजको बालबालिका, भोलिको भविष्य रहेकाले भविष्य पूर्ण स्वस्थ्य हुनुपर्ने र त्यसका लागि सबै प्रकारका खोप अनिवार्य रहेकाले कुनै बालबालिका खोपबाट वञ्चित नहुनुपर्ने धारणा राखे।

प्रकाशित: १२ असार २०८१ २१:४४ | Wednesday, June 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast