लमजुङ पहिरोमा बेपत्ता चारैजनाको शव भेटियो

हिमाल प्रेस १२ असार २०८१ १३:४३ | Wednesday, June 26, 2024
लमजुङ पहिरोमा बेपत्ता चारैजनाको शव भेटियो फाइल तस्बिर।

लमजुङ- लमजुङमा पहिराेमा परी बेपत्ता भएका चारजनाकै शव भेटिएको छ। जिल्लाको क्व्होलासोथार गाउँपालिका–३, बगुमस्थितमा गएराति पहिरो खस्दा उनीहरू बेपत्ता भएका थिए।

पहिरोमा पुरिएका ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी चार वर्षीया नम्रता र आठ वर्षीया इच्छा गुरुङको शव भेटिएको स्थानीय चित्र घलेले जानकारी दिए।

पहिरोले तीनवटा घर पुरिँदा उनीहरू बेपत्ता भएका थिए। प्रहरी र स्थानीयले भग्नावशेषबाट उनीहरूको शव निकालेका हुन्। रासस

प्रकाशित: १२ असार २०८१ १३:४३ | Wednesday, June 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast