कोस्टारिकासँग ब्राजिलको गोलरहित बराबरी, पराग्वेमाथि कोलम्बियाको जित

हिमाल प्रेस ११ असार २०८१ ९:०७ | Tuesday, June 25, 2024
कोस्टारिकासँग ब्राजिलको गोलरहित बराबरी, पराग्वेमाथि कोलम्बियाको जित

काठमाडौँ- कोपा अमेरिकाको समूह चरणको आफ्नो पहिलो खेलमा ब्राजिलले गोलरहित बराबरीमा चित्त बुझाएको छ।

कोस्टारिकासँगको खेलमा ब्राजिलले निर्धारित ९० मिनेट र अतिरिक्त ५ मिनेटको समयमा पनि गोल गर्न असमर्थ रह्यो।

समूह ‘डी’मा रहेका यी दुवै टोलीको यो पहिलो खेल हो।

आजको खेलबाट दुवै टोलीले १-१ अंक बाँडेका छन्। खेल अवधिभर ब्राजिलले दबदबा राखे पनि जाली चुम्न असमर्थ रह्यो।

ब्राजिलले पहिलो हाफमा मार्किन्हसको प्रयासमा बललाई पोस्टभित्र पठाएपनि रेफ्रीले भीएआरको सहयोग लिँदै गोललाई मान्यता दिएनन्।

त्यसपछि ब्राजिलले लगातार आक्रमण बुनेपनि गोल गर्न भने सकेन। समूह डीकै अर्को खेलमा कोलम्बियाले पराग्वेलाई हराएर ३ अंक बटुलेको छ।

पराग्वेमाथि कोलम्बियाले २-१ को जित निकालेको हो। कोलोम्बियाका लागि पहिलो हाफमै ड्यानीएल मुनोज र जेफर्सन लार्माले एक-एक गोल गरेका थिए।

दोस्रो हाफमा जुलिओ एन्सिजोले गोल फर्काएपनि हार टार्न सकेनन्।

प्रकाशित: ११ असार २०८१ ९:०७ | Tuesday, June 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast