नेपाली भूमिबाट उत्तरपूर्व जोडिँदै भारतीय रेल

हिमाल प्रेस १० असार २०८१ १७:०५
144
SHARES
नेपाली भूमिबाट उत्तरपूर्व जोडिँदै भारतीय रेल

काठमाडौँ- भारतीय रेलवेले नेपाली भूमि भएर उत्तरपूर्वी क्षेत्रलाई जोड्न रेलमार्ग निर्माणका लागि अध्ययन थालेको छ। द हिन्दु बिजनेस लाइनमा प्रकाशित समाचारअनुसार नयाँ रेलमार्गको रुट पश्चिम बंगालस्थित सिलिगुडी करिडोर (चिकेन नेक रिजनबाट) बाट हुनेछ।

भारतीय रेलवे बोर्डले नेपाल र बंगलादेशलाई जोड्ने १४ नयाँ रेलमार्गका साथै उत्तरपूर्वतर्फ जाने वैकल्पिक मार्गका लागि रुट सर्वेक्षण स्वीकृत गरिसकेको समाचारमा जनाइएको छ। उक्त रुटको नेपालतर्फ २०० किलोमिटरभन्दा बढी हुनेछ।

भारतीय रेलवेले विराटनगर र पश्चिम बंगालको जलपाइगुडी जिल्लाको नयाँ मालबीच १९० किलोमिटर रेलवे लाइन बिछ्याउने प्रस्ताव गरेको छ। यसैगरी झापाको हल्दिबारी गाउँपालिकाको काजली बजारदेखि भद्रपुर र त्यसपछि मेची नदीपारि पूर्वीबिहारको गलगलियासम्म १२‍.५ किलोमिटर रेलमार्गको प्रस्ताव गरिएको छ।

बंगलादेशसँग जोड्ने नयाँ रेलमार्ग करिब ५०० किलोमिटर हुनेछ।

प्रकाशित: १० असार २०८१ १७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + five =