छाउगोठमा किशोरी बलात्कृत भएको बारे जवाफ दिन सरकारलाई अध्यक्ष दाहालको रुलिङ

हिमाल प्रेस ९ असार २०८१ १५:२३ | Sunday, June 23, 2024
छाउगोठमा किशोरी बलात्कृत भएको बारे जवाफ दिन सरकारलाई अध्यक्ष दाहालको रुलिङ राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल

काठमाडौँ- राष्ट्रियसभा अध्यक्ष नारायाणप्रसाद दाहालले अछामको पञ्चदेवल नगरपालिका २ मा एक छाउगोठमा किशोरी बलात्कृत भएको विषयबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन गृह मन्त्रालयलाई रुलिङ गरेका छन्।

आइतबारको राष्ट्रियसभा बैठकमा सांसदहरूले सो विषयमा उठाएका प्रश्नको जवाफ दिन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई रुलिङ गरेका हुन्।

उनले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन सधैँजसो मन्त्रीलाई पत्र पठाउने गरेको भए पनि चासो नदेखाएको बताए। उनले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन मन्त्रीहरूको कार्यतालिका नै बनाएको भए पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए।

आइतबारको बैठकमा सांसदहरूले छाउगोठमा बस्दा बलात्कृत हुनुपरेको घटनालाई उठाएका थिए।

अछाममा खोजीखोजी भत्काउन थालियो छाउगोठ

छाउगोठमुक्त अछाम : किशोरीमाथि छाउगोठमै सामूहिक बलात्कार

प्रकाशित: ९ असार २०८१ १५:२३ | Sunday, June 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast