वालिङमा बसको ठक्करले एकजनाको मृत्यु

हिमाल प्रेस ९ असार २०८१ १५:१९ | Sunday, June 23, 2024
वालिङमा बसको ठक्करले एकजनाको मृत्यु

पोखरा- सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको वालिङमा बसबाट ओर्लिएर बाटो काट्ने क्रममा एक जना वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा स्याङ्जा बिरुवा गाउँपालिका वडा ६, चिन्नेबासका ८१ वर्षीय दुर्गाबहादुर थापा हुन्।

बुटवलबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ६२३७ नम्बरको बसका यात्रु थापा वालिङको मिर्दीमा आइतबार दिउँसो १ः१५ बजे ओर्लिएका थिए।

बसबाट ओर्लिएर बाटो काट्ने क्रमा सोही बसले उनलाई ठक्कर दिएको हो। ठक्करबाट घाइते उनलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएकोमा चिकित्सकले १ः४० मा मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको जनाएको छ।

प्रकाशित: ९ असार २०८१ १५:१९ | Sunday, June 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast