राजनीतिभित्र अपराधीकरण भइरहेको छ : डा‍. कोइराला

हिमाल प्रेस ८ असार २०८१ १७:२२ | Saturday, June 22, 2024
राजनीतिभित्र अपराधीकरण भइरहेको छ : डा‍. कोइराला

काठमाडाैँ- नेपाली कांग्रेसका नेता डा‍.शेखर कोइरालाले राजनीतिभित्र अपराधीकरण भइरहेको बताएका छन्।

पछिल्ला दिनमा राजनीतिज्ञ, व्यावसायी र कर्मचारी एक ठाउँमा उभिएको प्रसंग उल्लेख गर्दै कोइरालाले जुन देशमा यी तीन समूह एक ठाउँमा उभिन्छन् तब विद्यमान ऐन कानुन गौण रहने र देश बर्बादीको बाटोमा लाग्ने दाबी गरे।

नेपाल मुस्लिम संघ मोरङको तेस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै काेइरालाले राजनीतिलाई अपराधीकरणले गाँजेकै कारण देशमा भ्रष्टाचार बढेर गएको र जनताले सुशासनको अनुभूति गर्न नपाएको बताए।

कोइरालाले चारैतिरबाट देश संकटमा परेको बताउँदै भने,‘रेमिटेन्सले देश चलिरहेको छ। आर्थिक अवस्था राम्रो छैन। यस्तो अवस्थामा देश जति बेला पनी कोल्याप्स गर्न सक्छ।’

जब मानिसको सबै अंगले काम गर्न छोड्छ तब जति उपचार गरेपनि शरीर ठिक नहुने भन्ने प्रसंग निकाल्दै कोइरालाले अहिले देश त्यही अवस्थामा पुगेको बताए।

कोइरालाले यो सरकार लामो समय नटिक्ने चेतावनी दिए।

प्रकाशित: ८ असार २०८१ १७:२२ | Saturday, June 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast