न्यायाधीश नियुक्तिमा प्रश्न नउठ्ने गरी काम गर्छु : कानुनमन्त्री

हिमाल प्रेस ६ असार २०८१ २०:०१ | Thursday, June 20, 2024
न्यायाधीश नियुक्तिमा प्रश्न नउठ्ने गरी काम गर्छु : कानुनमन्त्री पदम गिरी। फाइल तस्बिर

काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सर्वोच्च, उच्च र जिल्ला अदालतमा रिक्त रहेका न्यायाधीशको दरबन्दीमा समयमै नियुक्ति हुने बताएका छन्।

प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक, २०८१ माथिको छलफलमा उठाइएका विषयमा मन्त्री गिरीले जवाफ दिँदै अदालतमा रिक्त रहेका न्यायाधीशको दरबन्दीमा समयमै पदपूर्ति हुने बताएका हुन्।

‘अदालतहरूमा रिक्त दरबन्दीमा पदपूर्ति गर्ने विषयमा सरकार गम्भीर छ,’ उनले भने, ‘न्याय परिषद् सदस्यको हैसियतमा छिटोभन्दा छिटो न्यायाधीश नियुक्ति प्रक्रियालाई अगाडि बढाइ निष्पक्ष र सक्षम न्यायाधीश नियुक्ति गरी अदालतमा भएको मुद्दाको चापलाई घटाइ नागरिकलाई छिटोछरितो न्याय निरुपण गर्ने कुरामा विश्वास दिलाउन चाहान्छु।’

न्यायाधीश नियुक्ति प्रक्रियालाई निष्पक्ष, पारदर्शी बनाउन तथा अनुभवी, विज्ञ, योग्य र निष्ठावान न्यायाधीश नियुक्ति हुनुपर्ने विषयमा न्याय परिषद् स्पष्ट र प्रतिवद्ध भएको उल्लेख गर्दै उनले भविष्यमा न्यायाधीश नियुक्तिको विषयमा प्रश्न नउठ्ने गरी काम गर्ने बताए।

प्रकाशित: ६ असार २०८१ २०:०१ | Thursday, June 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast