दोस्रो खेलमा पनि जितविहीन क्रोएसिया

हिमाल प्रेस ६ असार २०८१ ७:५९ | Thursday, June 20, 2024
दोस्रो खेलमा पनि जितविहीन क्रोएसिया

काठमाडौँ- युरो २०२४ अन्तर्गतको समूह चरणको दोस्रो खेलमा पनि क्रोएसिया जितविहीन बनेको छ।

बुधबार रातिको अल्बानियासँगको खेलमा बराबरीमा टुंगिएसँगै दोस्रो खेलबाट पहिलो जित निकाल्ने क्रोएसियाको लक्ष्य पूरा भएन। समूह बी अन्तर्गत आ-आफ्ना दोस्रो खेलमा अल्बानिया र क्रोएसियाले २-२ को बराबरीमा रोकिए।

खेलको सुरुवातीमा अल्बानियाले अग्रता लिएको थियो। दोस्रो हाफमा दुई मिनेटको अन्तरालमा दुई गोल खाँदै अल्बानिया पछि पर्‍यो। तर अन्तिम समयमा हार टार्‍यो।

११औं मिनेटमा जासिर असानीको क्रसमा काजीम लासीले हेडर मार्फत गोल गर्दै अल्बानियाले खेलमा अग्रता लिएको थियो। तर सो अग्रता अल्बानियाले दुई मिनटको बीचमा गुमाउन पुग्यो।

आन्द्रेज क्रामारिचले ७४औं मिनेटमा क्रोएसियाका लागि बराबरी गोल गरे। ७६औं मिनेटमा आत्मघाती गोलको सहयोगमा क्रोएसियाले खेलमा पुनरागमन गर्दै अग्रता लियो।

आफ्नै सहकर्मीले क्लियर गरेको बल क्लाउस जासुलालाई लागेर गोलमा परिणत भएको थियो। तर अन्त्यमा आत्मघाती गोल गरेका जासुलाले गोल गर्दै खेलमा बराबरी गरे।

बराबरीपछि दुवै टोलीले समूह बी मा पहिलो अंक जोडेका छन्। यो समूहमा एक खेलबाट ३ अंक पाएको स्पेन पहिलो स्थानमा छ। ३ अंक नै पाएको इटाली गोल संख्याका आधारमा दोस्रोमा छ।

स्पेनले हालसम्म ३ गोल गरेको छ भने इटालीले जम्मा १ गोल गरेको छ। अल्मानिया र क्रोएसिया एकमा हार र एकमा बराबरी गर्दै क्रमश: तेस्रो र चौथो स्थानमा छन्। माथिल्लो चरणमा पुग्न समूहको शीर्ष २ मा पर्न अनिवार्य छ।

अल्बानिया र क्रोएसियाका लागि त्यो सम्भावना कठिन देखिएको छ।

पहिलो खेलमा क्रोएसिया स्पेनविरुद्ध र अल्बानिया इटाली विरुद्ध पराजित भएका थिए।

प्रकाशित: ६ असार २०८१ ७:५९ | Thursday, June 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast