नेप्से १८.७६ अंकले घट्यो, चार अर्ब पाँच करोडको सेयर कारोबार

हिमाल प्रेस ४ असार २०८१ १६:४६ | Tuesday, June 18, 2024
नेप्से १८.७६ अंकले घट्यो, चार अर्ब पाँच करोडको सेयर कारोबार

काठमाडौँ- धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार १८.७६ अंकले घटेर कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज नेप्सेसँगै कारोबार रकम पनि घटेको हो।

यस दिन नेप्से ०.८९ प्रतिशतले घटेर २०७६.४९ विन्दुमा बन्द भएको छ। चार अर्ब पाँच करोड रुपैयाँको सेयर कारोबार भएको हो। आइतबार भने पाँच अर्बभन्दा बढीको सेयर कारोबार भएको थियो। आज ४० कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ कम्पनीको सेयर मूल्य घटेको छ। नौ कम्पनीको सेयर मूल्य भने स्थिर छ।

समाज लघुवित्त वित्तीय संस्थाको सेयर प्रतिकित्ता २१९ रुपैयाँले बढेर दुई हजार ४०९ रुपैयाँ कायम भएको छ। मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य भने १० प्रतिशतले घटेको छ।

कारोबारमा आएका १३ समूहकै परिसूचक घटेको छ। सर्वाधिक परिसूचक घट्नेमा बैंकिङ समूह छ। यो समूहको परिसूचक १.१६ प्रतिशतले घटेको छ।

प्रकाशित: ४ असार २०८१ १६:४६ | Tuesday, June 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast