काठमाडौँ- एस्टोनियाका साहिल चौहानले कम बलमै शतक बनाउने कीर्तिमान कायम गरेका छन्।
साइप्रस विरुद्धको खेलमा जम्मा २७ बलमा शतक प्रहार गर्दै उनले कीर्तिमान बनाएका हुन्। चौहानले ४१ बलमा अविजित १४४ रन बनाएका थिए।
३२ वर्षीय साहिलले यसअघिको नामिबियाका जान निकोल लोफ्टीको कीर्तिमान तोडेका हुन्।
लोफ्टीले नेपालविरुद्धको खेलमा ३३ बलमा शतक प्रहार गरेका थिए। योसँगै नेपालका कुशल मल्ल कम बलमा शतक प्रहार गर्ने तेस्रो खेलाडीमा धकेलिएका छन्।
कुशलले मंगोलियाविरुद्ध ३४ बलमा शतक बनाएका थिए। चौहानले चौहानले टी-२० अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा धेरै छक्का हिर्काउने कीर्तिमान पनि बनाएका छन् ।
यसअघि हजरतुल्लाह जजाई र फिन एलनले एकै खेलमा १६-१६ वटा छक्का प्रहार गरेका थिए।
प्रकाशित: ४ असार २०८१ १०:०९ | Tuesday, June 18, 2024
प्रतिक्रिया





