काठमाडौँ- लेग स्पीनर सन्दीप लामिछानेले टी २० विश्वकप अन्तर्गत बंगलादेशसँगको खेलमा तन्जिम हसन साकिबको विकेट लिएका छन्।
उनको यो टी २० विश्वकपको पहिलो विकेट हो।
उनले १४औं ओभरको दोस्रो बलमा तन्जिम हसन साकिबलाई आउट गरे । तान्जिम ३ रन बनाएर आउट भए।
नेपालका लागि यो सातौं सफलता छ ।
प्रकाशित: ३ असार २०८१ ६:२९ | Monday, June 17, 2024
प्रतिक्रिया





