समूह ‘ए’ बाट भारत र अमेरिका ‘सुपर-८’ मा, पाकिस्तान बाहिरियो

हिमाल प्रेस १ असार २०८१ ८:१७ | Saturday, June 15, 2024
समूह ‘ए’ बाट भारत र अमेरिका ‘सुपर-८’ मा, पाकिस्तान बाहिरियो

काठमाडौँ- आईसीसी टी–२० विश्वकपको समूह ‘ए’बाट भारत र अमेरिका सुपर ८ मा पुगेका छन्। भारत यसअघि नै सुपर ८ मा पुगिसकेको थियो भने अमेरिका

अमेरिका र आयरल्यान्ड बीच फ्लोरिडामा हुनुपर्ने खेल वर्षाका कारण रद्द भएपछि अमेरिका दोस्रो चरणमा प्रवेश गर्ने पक्का भएको हो।

उता दुवै टोलीले अंक बाँडेपछि साविक उपविजेता पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिएको छ।

आफ्नो पहिलो खेलमा अमेरिकाविरुद्ध हार बेहोरेको पाकिस्तान यसपटक दोस्रो चरणमा नपुगी घर फर्किने भएको हो।

समूह ए मा भारत ३ खेलमा ३ जित सहित शीर्ष स्थानमा छ। अमेरिकाको आजको नतिजा पछि ४ खेलमा ५ अंक पुगेको छ। पाकिस्तानको भने ३ खेलमा २ अंक मात्र रहेको छ।

यस्तै क्यानाडाको पनि ३ खेलमा २ अंक रहेको छ भने आयरल्यान्डको ३ खेलमा शून्य अंक छ।

प्रकाशित: १ असार २०८१ ८:१७ | Saturday, June 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast