नेपालले दक्षिण अफ्रिकाविरुद्ध टस जितेर बलिङ गर्ने, प्लेइङ ११ मा सन्दीप पर्दा परेनन् सागर

हिमाल प्रेस १ असार २०८१ ५:११ | Saturday, June 15, 2024
नेपालले दक्षिण अफ्रिकाविरुद्ध टस जितेर बलिङ गर्ने, प्लेइङ ११ मा सन्दीप पर्दा परेनन् सागर

काठमाडौँ- नेपालले आईसीसी टी–२० विश्वकप २०२४ को समूह चरणको तेस्रो खेलमा दक्षिण अफ्रिकाविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ।

सेन्ट भिन्सेन्टमा रहेको आर्नोस भले ग्राण्ड किंग्सटाउनमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।

नेपालले एक परिवर्तन गरेको छ। स्पिनर सन्दीप लामिछाने नेपालको प्लेइङ ११ मा हुँदा सागर ढकाल बेन्चमा छन्।

दक्षिण अफ्रिका ३ खेलमा ६ अंकका साथ समूह डी मा शीर्षस्थानमा छ। दक्षिण अफ्रिका एक खेल अगावै सुपर(८ मा पुगेको छ । दक्षिण अफ्रिकालाई यस खेल सुपर ८ अघिको तयारी हुनेछ।

दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेट, नेदरल्यान्ड्सलाई ४ विकेट र बंगलादेशलाई ४ रनले हराएको थियो।

नेपाल २ खेलमा १ मा हार र १ खेलमा रद्ध हुँदा १ अंकका साथ चौथो स्थानमा छ । सुपर ८ को अंक गणीतिय सम्भावना कायमै राख्न नेपालले आजको खेल जित्नुपर्छ । यदि नेपाल पराजित भएमा आधिकारिक रुपमा बाहिरिनेछ ।

प्रकाशित: १ असार २०८१ ५:११ | Saturday, June 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast