लेक लागेर मनाङमा पर्यटकको मृत्यु

हिमाल प्रेस ३१ जेठ २०८१ १२:२८ | Thursday, June 13, 2024
लेक लागेर मनाङमा पर्यटकको मृत्यु सांकेतिक तस्बिर।

मनाङ- मनाङ ङिस्याङ गाउँपालिका-८ स्थित थोराङ्ला भन्ज्याङ पार गर्ने क्रममा बुधबार लेक लागेर (अक्सिजन अभाव) एक नेपाली पर्यटकको मृत्यु भएको छ।

मृत्यु हुनेमा धादिङको गंगा जमुना गाउँपालिका–५ फुलखर्कका हरि अधिकारी रहेका छन्।

अन्नपूर्ण पदमार्गअन्तर्गतको पाँच हजार चार सय १६ मिटर उचाइमा अवस्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा अधिकारीको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए।

पदयात्राका क्रममा थोरांला भञ्ज्याङमा अधिकारीलाई लेक लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो। अधिकारीको शव हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ।

प्रकाशित: ३१ जेठ २०८१ १२:२८ | Thursday, June 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast