जसपा नेपालमा अध्यक्षबाहेकका पदमा प्रतिस्पर्धा, १२ बजेबाट मतदान

हिमाल प्रेस ३१ जेठ २०८१ ८:५९
60
SHARES
जसपा नेपालमा अध्यक्षबाहेकका पदमा प्रतिस्पर्धा, १२ बजेबाट मतदान

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको एकता राष्ट्रिय महाधिवेशन अन्तर्गत आज अध्यक्ष बाहेकका पदाधिकारी चयनका लागि मतदान हुँदैछ।

अध्यक्षबाहेकका पदमा सर्वसम्मत नभएपछि आज चुनाव हुने भएको हो।

बुधवार अध्यक्ष पदमा उपेन्द्र यादव निर्विरोध चयन भइसके पछि बाँकी रहेका पदाधिकारी चयनका लागि आज मध्याह्न १२ बजेबाट मतदान हुने भएको हो।

यसअघि बुधबार साँझ ४ बजेदेखि ८ बजेसम्म मतदानको समय तोकिएको थियो। तर, सहमतिको प्रयास गर्ने क्रम जारी रहेकाले बुधवारको लागि तय गरिएको मतदानको प्रक्रिया स्थगित गरी आजका लागि सारिएको निर्वाचन समितिले जनाएको छ।

रातभर र आज बिहान पनि सहमतिको प्रयास जारी थियो। तर, सहमति जुट्न नसकेकाले १२ बजेका लागि मतदानको समय तोएिको निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिका अनुसार बुधबार दर्ता गराइएको मनोनयनपत्र कसैले फिर्ता लिन चाहे आज बिहान ८ बजेदेखि साढे ९ बजेसम्म फिर्ता लिनसक्ने छन्।

त्यसपछि ९ः४५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिने छ भने १२ बजेदेखि ३ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाइएको छ।

सह–अध्यक्ष एकजना चयन गर्नुपर्नेमा तीनजनाको उम्मेदवारी परेको छ। सह-अध्यक्षमा लालबाबु राउत, रकम चेम्जोङ र राजकिशोर यादव उम्मेदवारी दिएका छन्।

५ जना उपाध्यक्षका लागि १७ जना पुरुषतर्फ र ६ जना महिलातर्फ उम्मेदवारी परेको छ। पुरुषतर्फ मृगेन्द्र कुमार सिंह यादव, हरिनारायण यादव, आङ देङ्गी शेर्पा, विद्युत बज्राचार्य, अर्जुन थापा, गोविन्द चौधरी, शिव लाल थापा मगर, सरोज कुमार यादव, मोहमद खालिद, प्रकाश अधिकारि, बच्चा राउत अहिर, सुरेन्द्र प्रसाद कुर्मी, राम बचन अहिर यादव, मानध्वज बलोन, अमरेश नारायण झा, राजन केसी र सुमन कुमार चौधरी उम्मेदवार रहेका छन्।

यस्तै उपाध्यक्षमा महिलातर्फ रेखा यादव, लिला देवी सिटौला, शोभा देवी, सुनी लामा, सबिता यादव र राधा थापाको उम्मेदवारी परेको छ।

महासचिव दुई जनाका लागि बोम बहादुर दरलामी मगर ९आदिवाशी०, राम कुमार शर्मा, विजय कुमार, दीपक कार्की, मनिष कुमार सुमन र अशोक कुमार यादवको उम्मेदवारी परेको छ।

सह–महासचिवमा खुल्लातर्फ डा सुरेन्द्रकुमार यादव, राम बाबु प्रसाद यादव, राम किशोर प्रसाद यादव, राज कुमार राई, योगेन्द्र राई यादव, शैलेन्द्र प्रसाद साह, सुरेश कुमार मण्डल, डा जय प्रकाश राई यादव र जय राम यादव तथा महिलातर्फ सिता कुमारी यादव, विनिता कुमारी यादव र निर्मला यादव उम्मेदवार छन्।

कोषाध्यक्षमा रेणु कुमारी यादव, बलराम महतो र संजय कुमार यादवको उम्मेदवारी परेको छ। यस्तै सचिवमा ३४ जनाले उम्मेदवारी दिएका छन्।

 

प्रकाशित: ३१ जेठ २०८१ ८:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 4 =