कार दुर्घटनामा तीनजनाको मृत्यु

विनोद परियार ३० जेठ २०८१ २३:२५
328
SHARES
कार दुर्घटनामा तीनजनाको मृत्यु पाल्पा नुवाकोटमा बुधबार राति दुर्घटनामा परेको कार।

लुम्बिनी- बुटवलमाथि पाल्पा नुवाकोटबाट फर्कँदै गरेकाे कार बुधबार राति दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ।  लु२च ८५३१ नम्बरको कार राति साढे ८ बजेतिर अनियन्त्रित भई सडकबाट खसेको हो।

दुर्घटनामा स्याङ्जा पुतलीबजार घर भई बुटवल–१० बस्दै आएका चालक ५६ वर्षीय रामप्रसाद शर्मा, तिलोत्तमा–३ की ५७ वर्षीया आशा श्रेष्ठ र सोही ठाउँकी ५० वर्षीया भगवती श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त कार क्षतिग्रस्त भएको छ।

कार घुम्तीमा बल्डेङ खाँदै सडकबाट करिब २ सय मिटर तल खसेको स्थानीयले बताएका छन्। दुर्घटनामा पाँचजना घाइते भएका थिए। घाइतेलाई उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएपछि तीनजनालाई डाक्टरले मृत घोषणा गरेका हुन्।

दुर्घटनामा घाइते भएका बुटवल उपमहानगरपालिका–९ बस्ने चन्द्रा श्रेष्ठ र बुटवल–११ बस्ने लक्ष्मीता श्रेष्ठको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितले बताए।

प्रकाशित: ३० जेठ २०८१ २३:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 10 =