टी-२० विश्वकप : वर्षा रोकिएपछि खेल हुने तयारी, ओभर घट्न सक्ने

हिमाल प्रेस ३० जेठ २०८१ ६:१९ | Wednesday, June 12, 2024
टी-२० विश्वकप : वर्षा रोकिएपछि खेल हुने तयारी, ओभर घट्न सक्ने

काठमाडौँ- टी-२० विश्वकप २०२४ को दोस्रो खेल खेल्ने  नेपाली टोलीको दोस्रो खेल वर्षाका कारण प्रभावित बनेको छ।

टेष्ट टिम श्रीलंकासँग नेपाली टोलीले पहिलो पल्ट सामाना गर्ने तयारी गरेको थियो। तर वर्षाका कारण टस हुन सकेको छैन।

फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रंगशालामा दुवै टोली मैदान आइपुगेका छन्। तर वर्षाका कारण मैदान भिजेको र टस हुन सकेको छैन। अहिले मैदानमा कभरमाथि रहेको पानी हटाउने काम भइरहेको छ।

निर्धारित समय अनुसार नेपाली समयअनुसार बिहान ५ : १५ मा टस हुनुपर्ने थियो। खेलमा एक घण्टासम्म समय थप गर्ने प्रावधान रहेको छ। अब खेलको टस ६स्४५ सम्म हुँदा ओभर घट्ने छैन। त्यसपछि भने ओभर घट्न सुरु हुनेछ।

नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग हार बेहोरेको थियो । श्रीलंका भने सुरुवाती दुवै खेलमा हार बेहोर्दै कठिन अवस्थामा छ ।

प्रकाशित: ३० जेठ २०८१ ६:१९ | Wednesday, June 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast