ओमान बन्यो विश्वकपबाट बाहिरिने पहिलो टोली, स्कटल्यान्डको सुपर-८ सम्भावना कायमै

हिमाल प्रेस २८ जेठ २०८१ ८:२२
16
SHARES
ओमान बन्यो विश्वकपबाट बाहिरिने पहिलो टोली, स्कटल्यान्डको सुपर-८ सम्भावना कायमै

काठमाडौँ- ओमान आईसीसी विश्वकप-२०२४ बाट समूह चरणबाट बाहिरिने पहिलो टोली बनेको छ। नामिबियाले ३ खेल लगातार गुमाउँदै बाहिरिएको हो। आइतबार राति ओमान अर्को एसोसिएट टोली स्कटल्यान्डसँग पराजित बन्यो।

यसअघि नामिबिया र अस्ट्रेलियासँग पनि ओमान पराजित बन्यो। यता स्कटल्यान्ड भने ५ अंक प्राप्त गर्दै सुपर ८ मा सम्भावना कायमै राखेको छ। आइतबारको खेलमा ओमानसँग स्कटल्यान्ड ८ विकेटले जित्यो।

जित्नलाई १५१ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले १३.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । स्कटल्यान्डका ब्रेन्डन म्याकमुलनले ३१ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ६१ रनमा नट आउट रहे ।

जर्ज मुन्शे २० बलमा २ चौका र ४ छक्कासहित ४१, माइकल जोन्स १६, रिची बेरिंग्टन १३ र म्याथ्यु कस्रले १५ रन जोडे । ओमानका बिलाल खान, अकिब इलियास र मेहरान खानले १–१ विकेट लिए ।

त्यसअघि सर भिभियन रिचर्ड्स स्टेडियम नर्थ साउन्डमा टस जितेर पहिला ब्याटिङ रोजेको ओमानले २० ओभरमा ७ विकेट गुमाउदै १५० रन बनाएको थियो । ओमानका ओपनर प्रतिक अथभलेले ४० बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५४ रन बनाए । आयन खान ३९ बलमा ४ चौकासहित ४१ रन बनाए ।

नसिम खुसी १०, अकिब इलियास १६, जिशान मकसुद ३ र मेहरान खानले १३ रन बनाए । शफ्यान शरिफले २, मार्क वाट, ब्राड ह्वील, क्रिस सोल र क्रिस ग्रेभ्सले १–१ विकेट लिए ।

स्कटल्यान्डले पहिलो खेल वर्षाको कारण इंग्ल्यान्डसँग अंक बाँडेको थियो । त्यसपछि नामिबियालाई हराएको थियो । स्कटल्यान्डले अन्तिम खेल अष्ट्रेलियासँग खेल्नेछ । उक्त खेलमा झिनो अन्तरले पराजित हुँद पनि सुपर ८ को सम्भावना देखिन्छ ।

प्रकाशित: २८ जेठ २०८१ ८:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eighteen =