काठमाडौँ- आईसीसी टी-२० विश्वकप अन्तर्गत आइतबार बिहानको खेलमा वेस्ट इन्डिजले युगान्डाविरुद्ध सुरुमा ब्याटिङ गर्ने भएको छ।
प्रोभिडेन्स स्टेडियम, गुयानामा टस जितेर वेस्ट इन्डिजले युगान्डाविरुद्ध सुरुमा ब्याटिङ गर्ने निर्णय गरेको हो।
विश्वविजेता वेस्ट इन्डिज युगान्डाका लागि महंगो हुने अनुमान गरिएको छ। तर पछिल्ला केही खेलमा एसोसिएट राष्ट्रले टेस्ट क्रिकेट खेल्ने राष्ट्रमाथि शानदार जित निकालेका छन्।
समूह ‘सी’मा वेस्ट इन्डिज, युगान्डा, अफगानिस्तान, पपुवा न्युगिनी ९पिएनजी० र न्युजिल्यान्ड छन्।
                            प्रकाशित: २७ जेठ  २०८१ ६:२७ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

