काठमाडौँ- डेभिड वार्नर र मार्क्युस स्टोनिसको अर्धशतकसँगै आईसीसी विश्वकप क्रिकेटमा अस्ट्रेलियाले ओमानलाई १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
अस्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाउन सफल भयो।
वार्नरले ५१ बलमा ५६ रन बनाउँदा स्टोनिसले ३६ बलमा ६७ रनको अविजित खेले।
अस्ट्रेलियाका ट्राभिस हेडले १२ रन जोड्दा मिचेल मार्स १४ रनामा आउट भए। अलराउन्डर ग्लेन म्याक्सवेल शून्य रनमा आउट भए।
बारबाडोसको ब्रिजटाउनमा टस जितेर बलिङ रोजेको ओमानका लागि मेहरन खानले २ विकेट लिँदा बिलाल खान र कलीमुल्लाहले एक/एक विकेट लिए। खेलको दोस्रो इनिङ्स केहीबेरमा सुरु हुँदैछ।
                            प्रकाशित: २४ जेठ  २०८१ ८:०६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

