नरेन्द्र मोदी तेस्रो पटक प्रधानमन्त्री बन्ने बाटोमा, कुन दलको कति आयो सिट?

हिमाल प्रेस २३ जेठ २०८१ ८:०४
26
SHARES
नरेन्द्र मोदी तेस्रो पटक प्रधानमन्त्री बन्ने बाटोमा, कुन दलको कति आयो सिट?

काठमाडौँ- भारतको लोकसभा चुनावको मतगणनासँगै नरेन्द्र मोदी तेस्रो पटक प्रधानमन्त्री बन्ने बाटोमा छन्। उनको पार्टी भारतीय जनता पार्टी (भाजपा) संलग्न एनडीए गठबन्धनको जितसँगै उनी फेरि प्रधानमन्त्री बन्ने बाटोमा छन्।

भारतीय पत्रिका हिन्दुस्तान टाइम्सका अनुसार ५४३ क्षेत्रको नतिजा आउँदा एनडीए गठबन्धनले २९५ र इन्डिया गठबन्धनले २३१ सिट सिट जितेको छ। १७ सिट अरू दलहरूले जितेका छन्। भाजपाको एक्लो बहुमत भने यसपटक आएन।
चुनाव प्रचारमा भाजपाले बहुमत ल्याउने बताए पनि भाजपा मात्रैको २४० सिट मात्र आएको छ।

यो भनेको भाजपा नेतृत्वको एनडीएले जितेको सिट अघिल्लो चुनावमा भन्दा ५७ सिट कम हो।

अघिल्लो निर्वाचनमा एनडिएले ३५२ सिट ल्याउँदा भाजपा एक्लैले ३०३ सिट ल्याएको थियो। यसपालि भाजपाले २४० सिट मात्रै ल्याएको छ।

इन्डिया गठबन्धनले भने यसपालि १३७ सिट बढाएको छ। अघिल्लो चुनावमा उसले ९४ सिट ल्याएको थियो।

यसपालि कंग्रेस एक्लैले ९९ सिट ल्याएको छ। अघिल्लो चुनावमा उसले ५२ सिटमात्रै ल्याएको थियो।

भारतको चुनाव आयोगअनुसार भाजपाले २४०, कंग्रेस आईले ९९, समाजवादी पार्टीले ३७, अल इन्डिया तृणमूल कंग्रेसले २९, डिएमकेले २२, टिडिपीले १६, जेडियुले १२, शिव सेनाले ७, लोक जनकशक्ति पार्टी, आरजेडी र सिपिआईएले ४/४ सिट जितेका छन्।

आम आदमी पार्टीले ३, झारखण्ड मुक्ति मोर्चाले ३, जनसेना पार्टीले २ सिट जितेका छन्। बाँकी सिटमा अन्य दल र स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

२०१४ देखि एकल बहुमतको सरकार चलाएको मोदीले यसपालि गठबन्धनमा रहेका दलहरूलाई लिएर सरकार बनाउनुपर्नेछ।

प्रकाशित: २३ जेठ २०८१ ८:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =