टी-२० विश्वकप : नामिबियासामु चलेन ओमानको ब्याटिङ, ४ ओभरमै गुम्यो ३ विकेट

हिमाल प्रेस २१ जेठ २०८१ ६:४६
4
SHARES
टी-२० विश्वकप : नामिबियासामु चलेन ओमानको ब्याटिङ, ४ ओभरमै गुम्यो ३ विकेट

काठमाडौँ- टी-२० विश्वकप क्रिकेटमा अहिले ओमान र नामिबिया भिडिरहेका छन्।

टस जितेर सुरुवातमा बलिङ गरेको नामिबियालाई  सुरुवातबाटै दबाबमा पारेको छ। नामिबियाका ओपनर बलर रुबेल ट्रम्पलम्यानले पहिलो ओभरको सुरुवाती दुई बलमै २ विकेट लिएका थिए।

उनले कश्यप प्रजापति र कप्तान आकिब इलियाशलाई शून्य रनमा आउट गरे। दोस्रो ओभर लिएर आएका ट्रम्पलम्यानले ६ बलमा ६ रन बनाएर खेलिरहेका नासिम खुसीलाई पनि सिकार बनाए।

अहिले ४ ओभर चल्दा ओमान ३ विकेट गुमाएर २० रन बनाएर खेलिरहेको छ। दुवै टोलीको विश्वपकपमा यो पहिलो खेल हो।

प्रकाशित: २१ जेठ २०८१ ६:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast