काठमाडौँ- आईसीसी टी-२० विश्वकप २०२४ अमेरिकामा सुरु भएको छ। उद्घाटन खेलमा क्यानडाले अमेरिकाविरुद्ध ब्याटिङ सुरु गरेको छ।
डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा अमेरिकाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि क्यानडाले ब्याटिङ सुरु गरेको हो ।
क्यानडा साद बिन जाफर र अमेरिका मोनांक पटेलको कप्तानीमा उत्रिएका छन्। दुवै टोलीले पहिलो पटक विश्वकपमा डेब्यू गरेका हुन् ।
अमेरिका आयोजक हुँदा सिधैं छनोट भएको हो भने क्यानडा अमेरिका छनोट जित्दै पहिलो पटक विश्वकपमा पुगेको हो। अहिले क्यानडाले २ ओभर सकिँदा कुनै विकेट नगुमाइ १६ रन बनाएको छ।
                            प्रकाशित: २० जेठ  २०८१ ६:३४ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

