‘ज्वाइँ साब’ को छायांकन सुरु

हिमाल प्रेस १८ जेठ २०८१ १३:५२ | Friday, May 31, 2024
‘ज्वाइँ साब’ को छायांकन सुरु

काठमाडौँ-  फिल्म ‘ज्वाइँसाब’ को छायांकन सुरु भएको छ। मकवानपुरको चित्लाङस्थित स्वच्छन्द भैरव मन्दिरमा स्क्रिप्ट, क्यामेरा र क्ल्याप पूजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो।

फिल्ममा जितु नेपाल र नीति शाह मुख्य भूमिकामा छन्। अन्य कलाकार बुद्धि तामाङ, रमेश बुढाथोकी, प्रकाश घिमिरे हिमेश पन्त, निमा पाण्डेलगायतको पनि अभिनय रहनेछ।

वसन्त निरौलाको निर्देशनमा बन्ने फिल्म कमेडी र सोसल ड्रामा आधारित छ। फिल्ममा सविन अधिकारीको कथा र शंकर धितालको पटकथा तथा संवाद छ।

श्याम तामाङले छायांकन गरिरहेको फिल्म आगामी तिहारमा प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ। राज कुमार पण्डित प्रस्तुतकर्ता  रहेकाे फिल्मका निर्माता मीना देवी खड्का, सौगात पण्डित र पदम तामाङ हुन्।

 

प्रकाशित: १८ जेठ २०८१ १३:५२ | Friday, May 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast