बालिका बलात्कार अभियोगमा बालकलाई आठ वर्ष कैद

हिमाल प्रेस १७ जेठ २०८१ १९:५१ | Thursday, May 30, 2024
बालिका बलात्कार अभियोगमा बालकलाई आठ वर्ष कैद सांकेतिक तस्बिर

सप्तरी- सप्तरी जिल्ला अदालतले १५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा राजविराज नगरपालिका-१, पडरियाका १७ वर्षीय बालकलाई आज (बिहीबार) आठ वर्षको कैद सजाय सुनाएको छ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालको इजलासले ५० हजार क्षतिपूर्ति, ३६ हजार तीन सय ३३ जरिबानाको फैसला गरेको छ।

विद्यालय पढ्न गएकी बालिकालाई विभिन्न प्रलोभन देखाई ती बालकले २०७९ कात्तिक २ गते राजविराजस्थित राजदेबी होटलमा लगेर बलात्कार गरेको अभियोग लागेको थियो।

पीडितकी आमाले घटना लगत्तै दिएको उजुरी प्रहरीले दर्ता गर्न मानेको थिएन। होटलमा दुवै जना बसेको प्रमाण फेला परेपछि सप्तरी प्रहरीले २०८० असोज २४ गते पुनःउजुरी दर्ता गरेको थियो।

अभियुक्त बालक २०८० असोज २४ गते पक्राउ परेका थिए। जिल्ला अदालतमा २०८० कात्तिक १३ गते अभियोग पत्र दायर भएकामा न्यायाधीश सञ्जीव पोखरेलको इजलासले गत कात्तिक १४ गते किशोरलाई बाल सुधारगृह वीरगञ्ज पठाएको थियो।

प्रकाशित: १७ जेठ २०८१ १९:५१ | Thursday, May 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast