काठमाडौं- सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय छानबिन विशेष समिति गठन गरिएको छ। प्रतिनिधिसभाको आज (मंगलबार) बसेको बैठकले सूर्यबहादुर थापा क्षेत्री(एमाले) सभापति रहने गरी सहकारीको रकम अपचलन भएको विषयमा छानबिन गर्न समिति गठन गरेको हो।
समितिमा अन्य सदस्यहरू इश्वरीदेवी न्यौपाने (कांग्रेस), ध्रुवबहादुर प्रधान (राप्रपा) बद्रीप्रसाद पाण्डे (कांग्रेस) लेखनाथ दाहाल (माओवादी केन्द्र)शिशिर खनाल (रास्वपा),सरिता भुषाल (एमाले) रहेका छन्। समितिको कार्य अवधि तीन महिना राखिएको छ।
प्रकाशित: १५ जेठ २०८१ १८:५२
प्रतिक्रिया