‘जन्ते बाख्रो’ मा अभिनेता सौगात अनुबन्धित

हिमाल प्रेस १५ जेठ २०८१ १४:०२
206
SHARES
‘जन्ते बाख्रो’ मा अभिनेता सौगात अनुबन्धित

काठमाडौँ- सिमोस सुनुवारको निर्देशनमा बन्न लागेको फिल्म ‘जन्ते बाख्रो’ मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन्। फिल्म निर्माण टिम र अभिनेता मल्लबीच मंगलबार लिखित सम्झौता भएको हाे।

आगामी भदौदेखि छायांकन गरिने भनिएको फिल्मका निर्माता निर्देशक सुनुवार र सन्तोष गौतम हुन्। प्रदीप भारद्वाजको लेखन रहने फिल्म मुईन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुनेछ।

यसअघि लेखक भारद्वाज र निर्देशक सुनुवारले फिल्म ‘झ्यानाकुटी’ र ‘हात्तीछाप’ मा सहकार्य गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =