रविलाई लक्षित गर्दै रामकुमारीले भनिन् : सहकारी ठगेर अवस्था बदल्न सकिँदैन

हिमाल प्रेस १३ जेठ २०८१ १५:१८ | Sunday, May 26, 2024
रविलाई लक्षित गर्दै रामकुमारीले भनिन् : सहकारी ठगेर अवस्था बदल्न सकिँदैन रामकुमारी झाँक्री

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले सहकारीमा जम्मा गरेका बचतकर्ताको पुँजीलाई अपचलन गरेर अवस्था नबदलिने बताएकी छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेप्रति इंगित गर्दै उनले सहकारीमा जम्मा भएको अर्बौं रकम अपचलन गरेर अवस्था नबदलिने बताएकी हुन्।

उनले मिडियामा आएर उफ्रिएर अवस्था नबदलिने बताउँदै शक्तिमा आएर शक्तिको दुरुपयोग गरेर व्यक्तिमाथि जाइलाग्नुले राम्रो सन्देश नजाने तर्क गरिन्। उनले व्यक्ति राज्यसँग लड्न नसक्ने भन्दै कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियालाई सरकारले व्यक्तिगत रिसइबीमा पक्राउ गरेको बताइन्।

उनले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेप्रति इंगति गर्दै छानबिन गर्न दिएर आफ्नो निर्दोषीता प्रमाणित गर्ने अवसर अझै बाँकी रहेको बतइन्।

प्रकाशित: १३ जेठ २०८१ १५:१८ | Sunday, May 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast