आर्थिक वृद्धिदर ३.९ प्रतिशत पुग्ने, प्रतिव्यक्ति आय १ हजार ४ सय ५६ अमेरिकी डलर

हिमाल प्रेस १३ जेठ २०८१ १२:५५
6
SHARES
आर्थिक वृद्धिदर ३.९ प्रतिशत पुग्ने, प्रतिव्यक्ति आय १ हजार ४ सय ५६ अमेरिकी डलर

काठमाडौँ- चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ३.९ प्रतिशत पुग्ने अनुमान गरिएको छ।

आइतबार संसद्‍ बैठकमा अर्थमन्त्री वर्षामान पुनले चालु आर्थिक वर्षको पछिल्लो ८ महिनाको तथ्यांकसहितको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै आर्थिक वृद्धिदर ३.९ प्रतिशत पुग्ने अनुमान भएको बताएका छन्।

उनले आर्थिक सूचकमा सुधार हुँदै कृषि र सेवा क्षेत्रमा भएको सुधारले ३.९ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान सार्वजनिक गरेका छन्।

यस्तै, बागमती, गण्डकी र लुम्बनी प्रदेशको आर्थिक वृद्धिदर औषतमा राष्ट्र आयभन्दा माथि पुग्ने समेत सांसदमा अर्थमन्त्री पुनले बताएका छन्। भने आगामी आर्थिक बर्षको बजेट १७ खर्ब ४१ अर्बभन्दामाथि पुग्ने अनुमान रहेको अर्थमन्त्री जानकारी गराए।

संघीय सरकारको विकास खर्चपनि सन्तुष्ट नै देखियो। नेपालीको औषत आयु ७१ बर्ष पुगेको तथ्यांकसहितको आर्थिक सर्वेक्षण भनिएको छ।

सर्वेक्षणमा सडक ३४ हजार निर्माण भएको छ भने उर्जामा नेपाल अत्मानिर्भर भएको छ। ३ हजार ६० मेगावाट विद्युत उत्पादन भएको भएको अर्थमन्त्री पुनले सांसदमा जानकारी गराए।

नेपालीको प्रतिव्यक्ति आय १ हजार ४ सय ५६ अमेकिरी डलर पुग्ने अनुमान पनि सर्वेक्षणमा भनिएको छ।

राजश्व परिचालनमा क्रमशः सुधार हुँदै गएको छ । चालू वर्षको फागुनसम्म संघीय सरकारको राजश्व संकलन ६.९ प्रतिशतले बढेर ६ खर्ब ३९ अर्ब ५ करोड पुगेको छ । यस अवधिमा संघीय खर्च २.९ प्रतिशतले बढेर ८ खर्ब १ अर्ब ९८ करोड पुगेको छ।

२०८० फागुनसम्म कूल सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड पुगेको छ। कूल ऋणमध्ये आन्तरिक ऋण ४९.६ प्रतिशत र बाह्य ऋण ५०.४ प्रतिशत छ।

आर्थिक वर्ष ०७९/०८० मा प्रदेश र स्थानीय तहले संघबाट भएको वित्तीय हस्तान्तरणमार्फत ३ खर्ब ९७ अर्ब २६करोड र राजश्व बाँडफाँटमार्फत १ खर्ब २० अर्ब २६करोड गरी जम्मा ५ खर्ब १७ अर्ब ६२ करोड प्राप्त गरेका छन्।

प्रकाशित: १३ जेठ २०८१ १२:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =