सगरमाथा आरोही सशस्त्रका पौडेललाई सम्मान

हिमाल प्रेस १२ जेठ २०८१ १४:४९ | Saturday, May 25, 2024
सगरमाथा आरोही सशस्त्रका पौडेललाई सम्मान

काठमाडाैँ- विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेललाई सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हलचोकमा सम्मान गरिएको छ।

शुक्रबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालय तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र बंशीराज दाहाललगायत वरिष्ठ अधिकृतहरू संयुक्त रूपमा सम्मान गरेक हुन्।

सशस्त्र प्रहरीको इतिहासमा पहिलोपटक संगठनको प्रतिनिधित्व गर्दै पौडेलले जेठ ७ गते सोमबार बिहान १०:२० बजे सगरमाथाको सफल आरोहण गरेका थिए। आरोहणपश्चात उनलाई सोलुखुम्बुको लुक्ला विमानस्थलबाट हेलिकप्टरमार्फत सिधै प्रधान कार्यालयमा फिर्ता हुने व्यवस्था मिलाइएको थियो।

सशस्त्र प्रहरी निरीक्षक पौडेलको सम्मानमा आयोजित कार्यक्रममा जस्तोसुकै चुनौती सहेर आरोहण गर्न सक्छन् भन्ने विश्वास लिएर पर्वतारोहणमा पठाइएको स्मरण गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले भने,‘यो सगरमाथा आरोहण मात्र होइन सीमा सुरक्षाको जिम्मेवारी पाएको संगठनको लागि सीमा अनुगमन पनि हो।’

कार्यक्रममा पौडेलले सगरमाथा आरोहणको अनुभव सुनाएका थिए। कार्यक्रममा पौडेलको आरोहण तयारीदेखि सफलतासम्मको वृत्तचित्र समेत प्रर्दशन गरिएको थियो।

प्रकाशित: १२ जेठ २०८१ १४:४९ | Saturday, May 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast