महाधिवेशन प्रतिनिधि निर्वाचन गर्न जसपा नेपालले गठन गर्‍यो प्रदेश तदर्थ समिति

हिमाल प्रेस ८ जेठ २०८१ ८:४५
महाधिवेशन प्रतिनिधि निर्वाचन गर्न जसपा नेपालले गठन गर्‍यो प्रदेश तदर्थ समिति

जलेश्वर- जनता समाजवादी पार्टी (जसपा) नेपालले जनकपुरमा हुने प्रथम राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन गर्न सातै प्रदेश समितिमा प्रदेश निर्वाचन तदर्थ समिति गठन गरेको छ।

केन्द्रीय निर्वाचन तदर्थ समितिले प्रत्येक प्रदेशमा ३ सदस्यीय समिति हुने गरी प्रदेश निर्वाचन तदर्थ समिति गठन गरेको छ।

केन्द्रीय निर्वाचन तदर्थ समितिले कोसी प्रदेश निर्वाचन समितिको संयोजकमा राजकुमार राजवंशी, मधेस प्रदेशमा सन्तोष साह बागमती प्रदेशमा विमल विश्वकर्मा र गण्डकी प्रदेशमा कमल थापालाई प्रदेश निर्वाचन समितिको संयोजक तोकेको छ।

त्यसैगरी लुम्बिनी प्रदेश निर्वाचन समितिको संयोजक सुधाकर मिश्रा, कर्णालीमा फत्ते सोती र सुदूरपश्चिम प्रदेश निर्वाचन समितिको संयोजकमा दानसिंह जोशी चयन भएका छन्।

केन्द्रीय निर्वाचन समितिले हरेक जिल्लामा जिल्ला निर्वाचन अधिकृत समेत खटाएको छ। पार्टीको महाधिवेशनको कार्यतालिकाअनुसार जेठ १० गतेसम्म प्रतिनिधि निर्वाचन गरी सक्नुपर्ने छ।

प्रकाशित: ८ जेठ २०८१ ८:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast