भंगहा-जनकपुर-जयनगर रेल सेवा पुनः सन्चालन

हिमाल प्रेस ८ जेठ २०८१ ८:२९
भंगहा-जनकपुर-जयनगर रेल सेवा पुनः सन्चालन

जलेश्वर- भंगहा-जनकपुर-जयनगर रेल्वे सेवा आज बिहानदेखि पुनः सन्चालन भएको छ। भारतमा जारी लोकसभा निर्वाचनका सन्दर्भमा उक्त सेवा बन्द भएको थियो।

महोत्तरी र धनुषासँग सीमा जोडिएका भारतका मधुबनी र सीतामढीमा सोमबार निर्वाचन सम्पन्न भएपछि रेलसेवा प्रारम्भ भएको हो।

नेपाल रेल्वे कम्पनी लिमिटेडले जेठ ५ देखि ७ गते सम्म रेलसेवा बन्द हुने जानकारी सार्वजनिक सूचना प्रकाशन गरेर दिएको थियो।

सूचनमा रेल्वे सेवा पुनः साविक बमोजिम जेठ ८ गतेदेखि नियमित सन्चालनमा आउने जानकारी दिइएबमोजिम आज बिहानदेखि सन्चालन भएको हो।

प्रकाशित: ८ जेठ २०८१ ८:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast