गर्मीले जनजीवन कष्टकर

हिमाल प्रेस ७ जेठ २०८१ २१:१५
16
SHARES
गर्मीले जनजीवन कष्टकर फाइल तस्बिर

सुदूरपश्चिम- पछिल्ला केही दिनदेखि बढेको गर्मीले कैलालीसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ।

गर्मीका कारण दैनिक काम गर्न र हिँड्डुल गर्न कठिन भएको छ। धनगढीको अधिकतम तापक्रम ४२ डिग्रिसेल्सियस पुगेको छ। गर्मीले मजदुर वर्ग, वृद्धवृद्धा र स्कुले बालबालिका बढी प्रभवित भएका छन्। गर्मी बढेसँगै बजार क्षेत्र दिउँसो सुनसान हुन थालेको छ।

‘गर्मी बढेसँगै दिनमा १०/१२ पटक विद्युत् आउनेजाने भइरहेको छ, विद्युत् गएपछि पङ्खा चलाउन नपाउँदा झन् गाह्रो हुन्छ,’ धनगढीका स्थानीय भूमिराज अवस्थीले भने।

गर्मीले धनगढीका अस्पतालमा पखाला, बान्ता, ज्वरो र टाइफाइडका बिरामीको सङ्ख्या बढेको सेती प्रादेशिक अस्पतालका डा प्रदीप मिश्रले जानकारी दिए। मध्याह्नमा तातो हावा चल्ने गरेकाले यसबाट बालबालिकालाई जोगाउन र झोलिलो खानेकुरा खुवाएर शरीरमा तरल पदार्थको मात्रा बढाउन डा मिश्रले सल्लाह दिए।

मौसमअनुसार सागपात र फलफूल सेवन गर्ने, सडेगलेका, बासी र जथाभावी राखिएका खानेकुरा नखान पनि चिकित्सकको सुझाव छ।

प्रकाशित: ७ जेठ २०८१ २१:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast