गगनलाई कारबाही नगर्ने हो भने रविलाई प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ : भीम रावल

हिमाल प्रेस ७ जेठ २०८१ १७:०८ | Monday, May 20, 2024
गगनलाई कारबाही नगर्ने हो भने रविलाई प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ : भीम रावल भीम रावल

काठमाडौँ- नेकपा एमालेका नेता भीम रावलले प्रतिनिधिसभाको आइतबारको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेस सांसद गगन थापालाई लक्षित गरेर विदेशीलाई राज्यको सूचना बेच्छन् भन्ने आरोपमाथि प्रश्न उठाएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत रावलले यदी नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई कारबाही नगर्ने हो भने प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधानमन्त्री लामिछानेलाई बर्खास्त गर्नुपर्ने बताएका हुन्।

‘यस्तो देशद्रोह गगन थापाले गरेको भनी गृहमन्त्रीले संसदमा नै घोषणा गरेकोले थापालाई गिरफ्तार गरी तत्काल कानूनी कारबाही गरियोस्,’ रावलले अघि भनेका छन्, ‘यदी गगन थापालाई गिरफ्तार गरी गृहमन्त्रीले कारबाही अघि बढाउँदैनन् भने उनी पनि देशद्रोहीका मतियार ठहरिने छन् र निजलाई प्रमं प्रचण्डले तुरून्त बर्खास्त गरी गिरफ्तार गर्नुपर्छ।’

त्यस्तै, थापाले भ्रष्टाचार गरेको भन्दै विभिन्न मुद्दाबारे समेत संसद्मा जानकारी गराएको भन्दै ती मुद्दामा राज्यका निकायबाट अनुसन्धान हुनुपर्ने उनको माग छ। ‘राज्य कानुन र मर्यादमा आधारित हुन्छ भन्ने सामान्य कुराको हेक्का नराख्ने हो भने देश र जनता प्रति गद्दारी गरेको ठहर्छ,’ उनले भनेका छन्।

प्रकाशित: ७ जेठ २०८१ १७:०८ | Monday, May 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast