पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन

हिमाल प्रेस ७ जेठ २०८१ १५:२३ | Monday, May 20, 2024
पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन

पोखरा- पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन गरिएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सोमबार आयोजित समारोहमा अस्पतालको उद्घाटन गरेका हुन्।

पोखरा ३०, ढुंगेपाटन, खुँदीमा रहेको एक सय बेड क्षमताको यो अस्पताललाई गत चैतमा केही शर्त पालना गर्ने गरी ६ महिनाका लागि एक सय बेड क्षमताको अस्पताल संचालन गर्न प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले अनुमति प्रदान गरेको थियो।

एक सय शैयासम्मको अस्पताल सञ्चालनका लागि प्रदेश सरकारले अनुमति दिने भए पनि त्यसभन्दा माथि शैयाका लागि संघ सरकारको अनुमति लिनुपर्छ। उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री अधिकारीले अस्पतालले २ वर्षमा बेड क्षमता तीन सय पुर्‍याएर एमबीबीएसको अध्यापन गर्ने लक्ष्य पूरा गर्न सकोस् भनी शुभकामना दिए।

गत वर्षदेखि सञ्चालित अस्पतालले हाल ओपीडी सेवा दिँदै आएको विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले बताए। जसमा करिब ३० जना स्वास्थ्यकर्मीको जनशक्ति छ।

प्रकाशित: ७ जेठ २०८१ १५:२३ | Monday, May 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast