एमालेले भन्यो : आज संसद् अवरोध भएको होइन

हिमाल प्रेस ७ जेठ २०८१ १३:४३ | Monday, May 20, 2024
एमालेले भन्यो : आज संसद् अवरोध भएको होइन

काठमाडौँ- सत्तारुढ नेकपा एमालेले संसद् अवरुद्ध नभएको दाबी गरेको छ। एमाले सांसद रघुजी पन्तले कांग्रेसले गरेको व्यवहार संसदीय नियमावली अनुसार नै भएकाले अवरुद्ध भन्न नमिल्ने बताए। ‘यस्तो भइरहन्छ। यसलाई अवरुद्ध भन्न मिल्दैन,’ उनले भने।

पन्तले भारत जस्तो लोकतन्त्रको देशमा पनि अवरुद्धका बीच संसद् चलिरहने उदाहरण दिए।

‘यसलाई नौलो परम्परा भन्न मिल्दैन,’ उनले थपे। पन्तले विपक्षी दलले यस्तो काम गरे पनि आउँदा दिनमा सुध्रिने अपेक्षा गरेको सुनाए। आजै प्रधानमन्त्रीले संसद्बाट विश्वासको मत लिएका थिए।

प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् अवरुद्ध गरेको थियो।

प्रकाशित: ७ जेठ २०८१ १३:४३ | Monday, May 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast